काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले घिसिङ हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे स्पष्टिकरणको ३ दिने भित्र जवाफ मागेको थियो ।
कुलमानले मन्त्रिपरिषद्ले मागेको स्पष्टीकरण आफूविरुद्ध कुनै पनि कारबाही हुन नपर्ने जिकिर गर्दै स्पष्टीकरण बुझाएका थिए ।
FACEBOOK COMMENTS