काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।
वर्तमान सुशीला कार्की नेतृत्वको सरकार विदेशी दलालको प्रतीक भएको र यो सरकारमा जति धेरै बसिन्छ त्यति धेरै बदनाम हुने चर्चा गर्दै उनले बदनामीबाट जोगिन तत्काल राजीनामा दिन सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘तत्काल राजीनामा दिएर बदमानीदेखि बचून् महावीर र कुलमान !’
यस्तै, उनले जेन्जी अभियन्ता डा. निकोलस भुषाललाई पक्राउ गरिएकामाप नि सरकारको आलोचना गरेका छन् । ‘विदेशी दलालको सरकारले सबै भन्दा पहिले पक्राऊ कस्लाई गरेछ भनेको त निकोलसलाई पो गरेछ ! वैधता विनाको सरकार,’ उनले भनेका छन्, ‘निकोलस लगायतकाहरूलाई तुरुन्त रिहा गर् ।’
FACEBOOK COMMENTS