काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान प्रबन्ध निर्देशक कुलमान घिसिङ र बहालवाला प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यमाथि न्यायिक छानबिनको माग उठेको छ ।
आज सोमबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एकले प्राधिकरण र नाफामा र अर्काले घाटामा रहेको भनिरहेकाले दुईमध्ये एक दोषी भएको भन्दै कारबाहीका लागि न्यायिक छानबिन आयोग गठनको माग गरेका हुन् ।
कुलमानले प्राधिकरण नाफामा रहेको भनिरहँदा हितेन्द्रदेवले भने एक महिनाभित्रै पाँच अर्ब घाटामा गएको भनेकाले दुईमध्ये एक दोषी रहेको उनको भनाइ छ । दुवैलाई पक्राउ गरेर न्यायिक छानबिनमार्फत दोषी जो भए पनि कारबाही हुनुपर्ने उनले बताए ।
‘एउटा जुडिसियल कमिटी गठन गरेर… पहिलेका कुलमान भनिरहेका छन् नाफा छ, अहिलेका हितेन्द्र शाक्य भनिरहेका छन् एक महिनामा पाँच अर्ब घाटामा छ । न्यायिक छानबिनबाट दुइटैलाई समातौँ, जो दोषी छ उसलाई कारबाही गरौँ,’ उनले भने ‘दुईमध्ये एक त गलत होलान् नि, दुवै त सत्य हुन सक्दैनन् । दोषी कसैले पनि उन्मुक्ति पाउनु हुँदैन ।’
FACEBOOK COMMENTS