काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शीतल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद् रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीले अर्थविद खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास तथा अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी तोकेकी छिन् ।
फोन सम्पर्कमा समेत नआउने ‘सुशीला सरकार’ !
FACEBOOK COMMENTS