काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची बोकेर निर्वाचन आयोग पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेका पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, केन्द्रीय सदस्य श्री गुरुङ लगायतको टोली आयोगमा पुगेको हो ।
बन्दसूची पेश गर्नका लागि पुस १४ गते नै ५० हजार रुपैयाँ धरौटी बुझाइसकेको निश्साका आधारमा बन्दसूची पेश गर्न पाउँ भन्दै उनीहरू आयोग पुगेको बताइएको छ । तर, निर्वाचन आयोगले भने बन्दसूची पेश गर्ने समयसीमा सकिइसकेकाले फिर्ता पठाइदिएको छ ।
अन्तरिम सरकारका ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अध्यक्षको सहमति समेत नलिई रास्वपासँग एकता गरेर रास्वपाकै दलबाट १८ जनाको नाम बन्दसूचीमा पेश गरिसकेका छन् ।
FACEBOOK COMMENTS