काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ३८ हजार ६५० कित्ता संस्थापक शेयर चैत ६ गतेदेखि विक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक सदस्यहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा पुग्नेगरी पेश गर्नुपर्ने भनाई बैंकको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
FACEBOOK COMMENTS