काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा ३० लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि कात्तिक २ गतेदेखि निष्कासन गरिने छ । जसमा १ लाख इकाई सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
कुमारी बैंकले १० वर्ष अवधिको ‘१०५ केबीएल डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहनेछ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS