काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कुमारी बैंकले ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको हो ।
बैंकले संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल आइपुग्ने गरि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS