काठमाडौं । कुमारी बैंक लिमिटेडले हालसम्म आठ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ ।
बैंकले ‘परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत आफ्ना चार हजार ५०० जना ग्राहकलाई बीमाबापत सो रकम हस्तान्तरण गरेको हो ।
बैंकले बिगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपीडी), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरूको उपचार एवम् दुर्घटना मृत्यु बीमाबापत विभिन्न बीमा कम्पनीहरूमार्फत सो रकम आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ ।
बैंकले दिएको तथ्यांक अनुसार यो योजनाअन्तर्गत शहरी तथा ग्रामीण क्षेत्रबाट समेत ग्राहकहरू लाभान्वित भएका छन् ।
बैंकका अनुसार बागमती प्रदेशमा सर्वाधिक ३६% दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमश: ११% र १०% तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान भएको छ ।
कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमाबापत सर्वाधिक, ५४% रकम भुक्तानी गरेको जनाएको छ ।
कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकाले यो बचत खाता ग्राहकहरूमाझ अत्यधिक लोकप्रिय रेहेको दाबी बैंकको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ वटा शाखा सञ्जाल, ३१५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS