काठमाडौँ । कुमारी बैंक लिमिटेडले चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु सार्वजनिक गरेको छ ।
आउदै गरेको क्रिस्मस, य:मरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न अफर सार्वजनिक गरेको हो ।
आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु नि:शुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम एक हजार हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।
FACEBOOK COMMENTS