काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ ।