काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका छन् ।
साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ पहिरनको कार्यक्रम पनि गरेको छ । कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पू¥याएको विश्वास बैंकको छ ।
विविध सांस्कृतिक परम्परालाई अंगाल्दै बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहलमार्फत, बैंकले ‘सबैका लागि सधैंका लागि’ भन्ने मूल उद्देश्यभित्र रही आन्तरिक आवद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको उल्लेख गरेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ६६ वटा शाखारहित बैंकिङ्ग सुविधा तथा ५० वटा एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू प्रवाह गर्दै आएको छ । आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्धरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS