काठमाडौं । कुमारी बैंकले ५ लाख ९९ हजार १२१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आजदेखि ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
आवेदन बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS