काठमाडौं । कुमारी बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड, २०२४’ प्राप्त गरेको छ ।
आफ्ना ग्राहकहरूलाई फिनाकल १०.२.२५ कोर बैंकिङ सफ्टवेरमार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिएबापत बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड, २०२४’ प्राप्त गरेको हो ।
इन्फोसिसद्वारा आयोजित अर्वाड वितरण समारोहमा १० विधाका २०० वटा मनोनयनहरूमध्ये कुमारी बैंक ‘कोर बैंकिङ ट्रान्सफर्मेशन’ विधातर्फ उत्कृष्ट रहेकाले उक्त उपलब्धिका लागि ‘प्रोसेस इनोभेसन’ श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो ।
इन्फोसिसको फिनाकल कोर बैंकिङ सफ्टवेरले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिवद्ध रहेको जनाएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ५९ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
