काठमाडाैं । भिसाले सञ्चालन गरेको “दशैं क्याम्पेन २०२४” अन्तर्गत कुमारी बैंकका ग्राहकहरू मध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन्।
त्यसैगरी, कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेताको सूचीमा परेका छन्। भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालित यो अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरूबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएका थिए। विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन्।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ। बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत ग्राहकवर्गलाई अत्याधुनिक र प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ। आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।
FACEBOOK COMMENTS