काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) बीच विशेष छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले एकेडेमीले प्रदान गर्ने विभिन्न सेवामा विशेष छुट पाउने भएका हुन्।
सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय, ठूलो भर्याङ्गले सवारी चालक अनुमतिपत्रका लागि सञ्चालन गर्दै आएको प्रयोगात्मक परीक्षा (ट्रायल) स्थल गुर्जुधारा ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरूले १५ प्रतिशत छुट पाउनेछन्।
विगत २४ वर्षदेखि लगातार आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न क्षेत्रका प्रतिष्ठानहरूसँग सहकार्य गर्दै किस्ताबन्दी तथा छुट सुविधाहरू प्रदान गर्दै आएको छ।
हाल देशभर कुमारी बैंकको ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरू मार्फत सेवा प्रदान भइरहेको छ। बैंकले भविष्यमा पनि ग्राहकलाई अझ सरल, सुलभ र उत्कृष्ट सेवा दिनका लागि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
FACEBOOK COMMENTS