काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा नाफा २.०१ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
बैंकले चालु आवको तीन महिनासम्ममा २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
चालु आवको पहिलो तीन महिनामा बैंकको कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकले यस्तो आम्दानी ३ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ गरेको थियो ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेर १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा यस बैंकको यस्तो मुनाफा १ अर्ब ५४ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसा रहेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको चुक्ता पुँजीमा २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ छ ।

FACEBOOK COMMENTS