काठमाडौं। कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत सिइओ लाई बर्षमा २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक दिएको छ ।
बैंकका सिइओ सुरेन्द्र भण्डारीले असार ३१ देखी लागू हुनेगरी राजीनामा दिइसक्नु भएको छ । अहिले बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना हुनुहुन्छ ।
बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७७–०७८ को बार्षिक प्रतिवेदनमा सिइओ सुरेन्द्र भण्डारीले तलब भत्ताबापत २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक लिइएको देखिएको छ
सिइओले बैंकबाट तलब १ करोड २० लाख ३७ हजार ४२३ रुपैयाँ भत्ता ४७ लाख ७० हजार ३२५ रुपैयाँ, दशैं भत्ता १४ लाख ६६ हजार ९६ रुपैयाँ बिदा ९बार्षिक र संचित० बापत १० लाख ३ हजार ११९ रुपैयाँ र अन्यमा ४२ लाख ३९ हजार ५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै बैंकका अन्य व्यवस्थापकहरुले १० करोड ४४ लाख ८६ हजार ८४९ रुपैयाँ तलब भत्ता लिएको देखिएको छ । बैंकले कात्तिक १६ गते बार्षिक साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS