काठमाडौं । कुमारी बैंकले असार मसान्तसम्म २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ थियो ।
गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ३१ लाख ९८ हजार रुपैयाँ थियो । यस्तै सञ्चालन मुनाफा २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ रहेको छ ।
१३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४८ अर्ब ६९ करोड ४० लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।
FACEBOOK COMMENTS