काठमाडौं । कुमारी क्यापिटलले कुमारी सबल योजना म्युचुअल फन्ड योजना निष्कासन गर्ने भएको छ ।
क्यापिटलले ‘कुमारी सबल योजना’ को १० करोड इकाई निष्कासन गर्न लागेको छ ।
१० करोड इकाईमा १४ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ भने योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई छुट्याइएको छ ।
बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो बन्दमुखी योजना हो । यसमा माघ २८ गतेदेखि फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।
यसमा १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS