काठमाडाैँ । कुमारी क्यापिटल र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेजबीच बैदेशिक लगानी प्रवद्र्धनमा सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार भएको एक कार्यक्रमका माझ उक्त सम्झौता भएको हो । यस सम्झौताबाट क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा बैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्य राखिएको छ ।
नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ, र भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो र यस कम्पनी आरबीआई द्वारा इजाजतपत्र प्राप्त कम्पनी हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीले सूचीकृत बैंक तथा बित्तिय संस्थाहरुको संस्थापक शेयरहरू, अस्पताल फार्मेसीहरु रहेका छन् । जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुनेछन् ।
दुबै कम्पनी बीच भएको यो सम्झौता अन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल बैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पु¥याउने विश्वास लिइएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको बताए । नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र बैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।
त्यस्तैगरी, ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट रितेश शाहले नेपाल जस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरु निकैनै उत्साहित रहेको भनाई राख्दै कुमारी क्यापिटल जस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउने व्यक्त गरे । सम्झौताअनुसार, कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाको मूल्यांकन, र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पु¥याउनेछ ।
FACEBOOK COMMENTS