काठमाडौं । कुमारी बैंकका ग्राहकहरूले कान्तिपुर डेन्डल कलेज टिचिङ अस्पताल तथा रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन् ।
आफ्ना ग्राहकहरूलाई छुट दिन बैंकले काठमाडौंको बसुन्धारास्थित सो अस्पतालसँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा ओपीडीलगायत सामान्य डेन्टल सेवाहरूमा सातदेख ि१५ प्रतिशतसम्म छुट पाउने छन् ।
कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र काठमाडौं मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिँदा १०%, विशेष डेन्टल सेवाहरूमा ७%, सामान्य सेवाहरूमा १०% र क्लिनिकल प्याथोलोजीमा १५% छुट पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सकिने बताइए छ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नाका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाइएको छ ।
FACEBOOK COMMENTS