काठमाडौं । कुमारी बैंक लिमिटेड र फिट लाइफ क्लबबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकहरुलाई फिट लाइफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो फिट लाइफ क्लबबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरमार्फत गर्दा सो क्लबमा १५% छुट प्राप्त गर्न सक्नेछन् ।
फिट लाइफ कैलालीको टीकापुरमा अवस्थित छ ।
FACEBOOK COMMENTS