काठमाडाैं । गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड भएको छ। गाेरखा बजारमा रहेको बैंकको एटिएम कक्ष गए राति तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
कार्यालयका अनुसार एटिएम मेसिन तोडफोड भएपनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको छ।
आज मंगलबार बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए।
कुमारी बैंकका गाेरखा बजार शाखाका प्रमुख संजिव काेइरालाले मेसिन ताेडफाेड भएपनि पैसा भने नलगेकाे जानकारी दिएका छन् । मेसिनमा भने क्षेति पुगेकाे उनले बताए ।
कस्ले ताेडफाेड गरेकाे भनेर यकिन भइनसकेकाे उनकाे भनाइ छ । थप अनुसन्धान भइरहेकाे काेइरालाले जानकारि दिए ।
FACEBOOK COMMENTS