काठमाडौं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जानकारी दिएको छ । ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।
FACEBOOK COMMENTS