काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई आपसमा मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएको छ।
पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुबै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्दान्तिक स्वीकृति दिएको हो ।
दुई बैंकबीच गत असोज १० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ।
मर्जरपछि बैंकको सीईओ रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन्। कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

राष्ट्र बैंकको दबाबमा यी दुई बैंकको मर्ज भएको हो ।