काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि दोलखामा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई टिकट दिएको छ ।
बागमती प्रदेश सभाबाट राजीनामा दिएर चुनाव लड्ने तयारी गरेका युवा नेता कुन्दनराज काफ्ले सभापति गगन थापा निकट शिवाकोटीले टिकट पाएपछि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नबाट बन्चित भएका छन ।
काफ्लेले उम्मेदवार बन्नका लागि सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
प्रदेशको पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका काफ्लेले टिकट नपाउदा प्रदेश सभा सदस्य पनि गुमेको छ । काफ्ले कांग्रेसमा कृष्णप्रसाद सिटौला निकट नेता मानिन्छन् । उनले हालै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनको चर्को विरोध गरेका थिए ।
FACEBOOK COMMENTS