काठमाडौं । सगरमाथा चढेर बढुवा पाएकी प्रहरी नायव निरीक्षक कुन्जाङ शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आइतबार उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा गरेको थियो ।
प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पीसीसी) बैठकको निर्णयले शेर्पालाई प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा गरेको थियो ।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा महिला र बालिकाहरूविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ भन्ने नारासहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।
FACEBOOK COMMENTS