काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् ।
उनले ६३ बलमा ५० रन बनाएका हुन् । यसक्रममा उनले आठवटा चौका पनि हिर्काए ।
कुशल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८६ रनको साझेदारी गरिसकेका छन् । आसिफ ३० रन बनाउँदै क्रिजमा छन् । उनले ५९ बलको सामना गरी दुई चौका प्रहार गरेका छन् ।
नेपालका ओपनरले ४.११ को औसतमा रन बनाएका छन् । पछिल्लो समय नेपालले २१ ओभरमा ८६ रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
FACEBOOK COMMENTS