काठमाडौं। आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुआत गरेको छ।
नेपालले दुई ओभर पूरा नगर्दै दुई विकेट गुमाएको हाे।
ओपनर आसिफ शेख र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्ल सस्तैमा आउट भएका हुन्।
यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
यूएईका लागि आसिफ खानले विष्फोटक पारी खेले। उनले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतले १०१ रन बनाए।
यूएईका आयन खानले बलिङमा नेपालका आसिफ शेखलाई स्टम्पिङ गरएका छन्। मल्ललाई भने जनैद सिद्दीकीले क्याचआउट गराएका हुन्।
FACEBOOK COMMENTS