काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले प्रेसिडेन्ट अवार्डबाट कुशकुमार जोशीलाई सम्मान गरेको छ।
महासंघको ५७औं बार्षिक साधारणसभाको अवशरमा जोशीलाई सम्मान गरिएको हो। उनी महासंघका पूर्व अध्यक्ष पनि हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साधारणसभाको उद्घाटन कार्यक्रममा जोशीलाई सम्मान गरेका हुन्।
महासंघले धेरै कर तिरेका विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई पनि सोमबार सम्मान गरेको छ।