काठमाडौँ । कारागार कार्यालय, कुश्माका कार्यालय प्रमुख तथा मूल्याङ्कन समितिका अध्यक्ष शिला श्रेष्ठसमेत ५ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणको क्रममा २१ लाख ५५ हजार अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले श्रेष्ठसमेत बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर विकाश अधिकारी, कारागारका नायब सुब्बा हरिकृष्ण शर्मा र कोष तथा लेखा नियन्त्रणको कार्यालय, पर्वतका सह–लेखापाल सुभास घर्ती, मोदीकाली कन्स्ट्रक्सन मोदी –६ पर्बतका प्रोपाइटर प्रदिप तिमिल्सिनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
FACEBOOK COMMENTS