काठमाडौँ । नेपाल कुष्ठरोग निवारण संघको अध्यक्षमा डा खगेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौँमा सम्पन्न संघको ५० औं केन्द्रिय सभाबाट चार वर्षका लागि श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी संघको वरिष्ठ उपाध्यक्ष्यमा दिव्यप्रसाद पन्त, उपाध्यक्षमा हिरा उदास र नारायण शर्मा, महासचिवमा डा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा ईश्वरी शाह, उपमहासचिवमा विष्णुलाल श्रेष्ठ तथा उपकोषाध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिना, ई देवेन्द्रनाथ गोंगल, ढुण्डीराज ढकाल, कृष्णकुमार राजभण्डारी, बचनु झा र लक्ष्मीदत्त भट्ट निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS