काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा कर्मचारी छैन भन्दै भिडियो बनाउँदा सेवाग्राहीलाई कुटेका छन् । बुधवार नगरपालिकामा सेवा लिन गएका रामचन्द्र जोशीले कार्यालयमा कर्मचारी नहुँदा भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै सूचना शाखा प्रमुख रमेश कार्कीले कुटपिट गरेका हुन् ।
बझाङ जिल्लाको वडा नम्बर ४ को बिजोडामा बस्ने रामचन्द्र जोशीले आफूले सामाजिक सञ्जालमा कर्मचारी छैन भन्दै भिडियो पोष्टगर्दा कुटाई खाएका हुन् ।
उनले भने , ‘ म १७ नगरपालिकामा छोरीको भत्ता लिन खाता खोल्न जाँदा नगरपालिकामा एक जना कर्मचारी हक बोहराबाहेक अन्य कर्मचारी देखिन् । मैले अरू कर्मचारी नदेखेपछि भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको थिए । उक्त भिडियो पोस्ट गरेको भन्दै १८ गते करारमा काम गर्ने सूचना शाखा प्रमुख रमेश कार्कीले करिब साढे ६ बजे साँझ रक्सी खाएर कुटपिट गर्नु भएको हो । ’
कुटपिटमा जोशीको हात फयाक्चर र छातीमा पनि चोट लागेको उनले बताएका छन् । उनको अनुसार कार्कीले त मेरो विरुद्ध जाने , नगरपालिकाको विरुद्ध जाने , म तँलाई मार्छु, हामीसँग सुरक्षा छ पावर छ पैसा छ भन्दै धम्की समेत दिएको बताएका छन् ।
त्यस्तै बुङ्गल नगरपालिकाका उपप्रमुख धन बहादुर बोहराले घटनाको छानबिन गरि कारबाही गर्ने बताएका छन् ।
उनले भने, ‘मैले प्रत्यक्ष रूपमा घटना बुझन पाएको छैन । अहिले म बाहिर छु । भौतिक आक्रमण गर्नु राम्रो कुरा हैन । भिडियो पोस्ट गर्दैमा कुटनु गलत हो । उहाँ हाम्रो करारको कर्मचारी हो । उहाँले जे गर्नु भएको छ त्यो गलत हो ।’
बोहराले घटनाको छानबिन गरी कारबाही प्रक्रियामा जाने छौँ बताएका छन् ।
FACEBOOK COMMENTS