काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतको महंगाफ स्थित श्रमिक क्याम्पमा आगलागी हुदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् ।
कुवेत स्थित नेपाली दुतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।
बुधबार विहान कुवेतमा आप्रवासी श्रमिकहरु बस्ने क्याम्पमा आगलागी भएको थियो । आगलागी भएको क्याम्पमा पाच जना नेपाली श्रमिक भएको कुवेत स्थित नेपाली दूतावासले जनाएको छ । जसमध्ये दुईजना सुरक्षित भएको कम्पनीले जानकारी दिएको दूतावासले जनाएको छ । बाँकी तीन जना सामान्य घाईते भएको दूतावासले जनाएको छ ।
आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भै रहेको छ । उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ । दिनेश कुमार मंडलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेको दुतावसाले जनाएको छ । त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनिले जानकारी दिएको दूतावासको भनाई छ ।
FACEBOOK COMMENTS