काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले साधारणसभा बोलाएको छ।
लिमिटेडले सभा पुष २९ गतेको लागि बोलाएको हो । सभा राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS