काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समिति बैठकले करसहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने कम्पनीले २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
FACEBOOK COMMENTS