काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।
FACEBOOK COMMENTS