काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ दशमलव ३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अब नियामक बिमा प्राधिकरण र यस इन्सुरेन्सको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS