काठमाडौं । धौलागिरी लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।
कम्पनीको गत कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले आ.व.२०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
तर कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा भएको लाभांश रद्द गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS