काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।यस कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने यसले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
FACEBOOK COMMENTS