![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले कुल ७ दशमलव ३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन ।
FACEBOOK COMMENTS