काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २१ प्रतिशत नगद लाभांश कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।
कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS