काठमाडौं । महुली लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
लघुवित्तले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS