काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनै पनि बोनस सेयर र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यो लघुवित्त २ करोड २४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
FACEBOOK COMMENTS