काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि यसले असार २० गते बुक क्लोज गर्ने भएको छ ।
कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०दशमलव ७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले २९ औं वार्षिक साधारण सभा असार ३१ गते बोलाएको छ ।
सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
FACEBOOK COMMENTS