काठमाडौं । साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो।
कम्पनीले १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १३ दशमलव ३० बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS