काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने बैंकले ६ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS