काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले २०८०–८१ को नाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७ दशमलव ८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६ दशमलव ३२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशम ७ दशमलव ५ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ० दशमलव ३९४७ प्रतिशतले हुने आउने ५२ लाख १० हजार ५२६ दशमलव ३२ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।आर्थिक वर्ष २०८९–८० को नाफाबाट भने कम्पनीले लाभांश वितरण गरेको थिएन ।
FACEBOOK COMMENTS