काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पिनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS